• Sunday 4th of October 2026

काठमाडौंमा मध्यरातसम्म सन्नी लियोनीको ठुम्का


  • धनकुटा खबर
  • .

काठमाडौं । बलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी सन्नी लियोनी अहिले नेपालमा छिन् । एक क्यासिनोमा प्रस्तुति दिन काठमाडौं आइपुगेकी उनी आइतबार बेलुका मुम्बई फर्किने तयारी छ ।

शनिबार राती सो क्यासिनोमा लियोनीले बलिउडका चर्चित आइटम ट्रयाकमा नृत्य प्रस्तुति दिइन् । नेपाली कोरससँगै उनले ‘मेरा पिया घर आया’ र ‘लैला मेँ लैला’ जस्ता हिट गीतमा नाचेर मनोरञ्जन दिइन् ।

सो अवसरमा नृत्य प्रस्तुति दिनुअघि सन्नीले नेपालको प्रशंसामा शब्द वर्षाइन् । आफूले नेपाललाई माया गर्ने र आफ्नो जीवनभर घुमेको सबैभन्दा सुन्दर ठाउँमध्ये नेपाल एक रहेको उनले बताइन् ।

उनले भनिन्, ‘म नेपाललाई माया गर्छु । मेरो जीवनमा अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँ हो नेपाल ।’ उनले यसो भनिरहँदा गडगडाहट ताली बज्यो ।

सन्नीको यो चौंथो नेपाल भ्रमण हो । अघिल्लोपटक उनी झापाको क्यासिनोमा आएकी थिइन् । त्यसअघि एक नेपाली फिल्मको प्रिमियर र त्यसअघि एक ब्रान्ड प्रवर्धनको लागि आएकी थिइन् ।

अघिल्लोपटक नेपाल आउँदा उनले यहाँको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै परिवारसहित पुनः घुम्न आउन बताएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖