• Sunday 4th of October 2026

कांग्रेसदेखि रास्वपा सम्मलाई कलाकार गिरीको झटारो


  • धनकुटा खबर
  • .

काठमाडौँ । वरिष्ठ कलाकार दीपकराज गिरीले राजनीतिक दलहरूलाई झटारो हान्दै नागरिकलाई सचेत गराएका छन् । जुनसुकै दल आफ्नो स्वार्थ अनुसार हरेकसँग मिल्न सक्ने भएकोले अनावश्यक गाली गलौजमा नउत्रिन उनले आग्रह गरेका हुन् ।

उनी लेख्छन्– ‘द्वन्द्वकालमा सबैभन्दा बढी कांग्रेसका कार्यकर्ता नै मारिए, पोहोर कांग्रेसले आफ्ना कार्यकर्तालाई त्यहि माओवादीलाई भोट हाल्न लगायो । ४६ सालपछि गाउँघरमा कांग्रेस र एमाले भन्दै जनता लड्दै आए, कति मरे पनि, तर यता आलोपालो भन्दै मिलेर सरकारै चलाए । सायद अबको चुनावमा यी फेरि मिल्न पनि सक्छन् ।’

गिरी थप लेख्छन्– ‘नयाँ शक्तिको रूपमा उदाएको रास्वपा पनि गएर एमालेसँग मिलेर सरकार चलायो । यो हो राजनीति, सिधासाधाले यो कुरा बुझौँ । एउटाको पुच्छर समातेर गाली गलौज झगडा गरेर नबसौँ । आफ्नो मन पर्ने परिवर्तनकारी नेता वा पार्टी जो लाग्छ त्यसलाई भोट हालौँ ,अनि आ आफ्नो काम गरेर बसौँ । ‘

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖