• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

वायुसेनाको प्रशिक्षण विमान दुर्घटनाग्रस्त


  • धनकुटा खबर
  • .

काठमाडौं : भारतको उत्तर प्रदेशको प्रयागराजमा वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनाग्रस्त भएको छ।

तस्बिरहरूमा विमान पोखरीमा खसेको र विमानको केही भाग पानीमुनि रहेको देखिन्छ। समाचार एजेन्सी एएनआईको एउटा भिडियोमा दुर्घटना स्थल वरिपरि ठूलो संख्यामा स्थानीय मानिसहरू उपस्थित रहेको देखिन्छ।

पीआरओ डिफेन्स विंग कमाण्डर देबार्थो धरले दुई चालक दलका सदस्य सुरक्षित रहेको बताए।

उनले भने , “आज दिउँसो १२ बजे दुई चालक दलका सदस्यसहितको भारतीय वायुसेना विमान प्रशिक्षण अभियानमा थियो। यस क्रममा आपतकालीन अवतरण गर्नुपर्‍यो। चालक दलका दुवै सदस्य सुरक्षित छन् र कोर्ट अफ इन्क्वायरीका लागि आदेश दिइएको छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖