• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भारतमा विमान दुर्घटनाः महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु


  • धनकुटा खबर
  • .

भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा उक्त राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको उनका निजी सहायकले बीबीसी मराठीलाई पुष्टि गरेका छन्।

भारतको नागरिक उड्डयन निकाय डीजीसीएका अनुसार बुधवार बिहान बारामतीस्थित विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान दुर्घटनामा परेको थियो। उक्त विमान मुम्बईबाट उडेको थियो।

विमानमा अजित पवारका अतिरिक्त अन्य चार जना सवार रहेका बताइएको छ। तीमध्ये चालकदलका दुई सदस्य र पवारका दुई सहयोगी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

डीजीसीएले उक्त विमानमा सवार कोही पनि जीवित हुन सक्ने सम्भावना नभएको जनाएको छ।

बीबीसी हिन्दीका अनुसार दुर्घटनाग्रस्त विमानमा आगो लागेको थियो।
डीजीजीएले दिएको प्रारम्भिक विवरणअनुसार अवतरण गर्नुअघि विमानमा गम्भीर प्राविधिक समस्या र अस्थिरता उत्पन्न भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖