• Monday 5th of October 2026

नेपालको प्लेइङ ११ मा परेनन् सोमपाल, शेर मल्लको डेब्यू


  • धनकुटा खबर
  • .

काठमाडौं । टी २० विश्वकपको आफ्नो पहिलो म्याचमा नेपालले ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।

ईंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।

नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् । टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।

प्लेइङ–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖