मुम्बई । आदित्य धरको स्पाई-एक्सन थ्रिलर फिल्म ‘धुरन्धर’ मा रणवीर सिंह मुख्य भूमिकामा छन् । अहिले यो फिल्म विश्वस्तरमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ ।
यसले विश्वव्यापी बक्सअफिसमा १३०४ करोड भारुको शानदार कमाइ गरिसकेको छ । अहिलेको रेकर्ड सूचीमा यो फिल्म ‘पुष्पा २’, ‘बाहुबली २ : द कन्क्लुजन’ र ‘दंगल’ भन्दा मात्र पछि रहेको छ ।
तर आइएमडीबी सूचीको कुरा गर्ने हो भने ‘धुरन्धर’ अझै निकै पछाडि छ । एक्सन जनरामा हेर्दा पनि यो फिल्म अहिले तीन ठूला एक्सन फिल्मभन्दा तल छ । ती फिल्म कुन-कुन हुन् र ओटीटीमा कहाँ हेर्न सकिन्छ भन्ने जानकारी पनि सार्वजनिक गरिएको छ ।
सकारात्मक पक्ष के हो भने ‘धुरन्धर’ ले अहिलेसम्मकै उच्च रेटिङ पाएका २५० भारतीय फिल्मको सूचीमा स्थान बनाएको छ । यस फिल्मको उत्कृष्ट आइएमडीबी रेटिङ ८.४ रहेको छ र सूचीमा यो ३६औँ स्थानमा परेको छ ।
सूचीमा ‘धुरन्धर’ भन्दा माथि रहेका ३ एक्सन फिल्म के हुन् ?
‘असुरन- ३४औँ स्थानमा
ग्रामीण तमिलनाडुमा छायांकन गरिएको यो एक्सन ड्रामा संघर्षपूर्ण जीवन बिताइरहेका एक किसानको कथा हो, जसको भूमिका धनुषले निर्वाह गरेका छन् । जब उनको परिवार जातीय भेदभावसँग जोडिएको जमिन विवादमा फस्छ, तब उनी आफ्नो हिंसात्मक विगतको सामना गर्न बाध्य हुन्छन् । यो फिल्म प्राइम भिडियोमा हेर्न सकिन्छ ।
