• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बम विस्फोट र गोलीबारी, थुप्रै हताहत


  • धनकुटा खबर
  • .

इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा सोमबार भएका दुई बम विस्फोट र सुरक्षाकर्मी तथा विद्रोही बिचको भिडन्तमा कम्तीमा ३ जनाको मृत्यु भएको छ । सो घटनामा हताहत हुनेको सङ्ख्या अझ बढी हुन सक्ने बताइएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा प्रहरी चौकीको प्रवेशद्वार नजिक पार्क गरिएको मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ पड्किँदा दुई जनाको ज्यान गएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

त्यसपछि बाजाउर जिल्लामा सुरक्षा चौकीतर्फ जाँदै गरेको विस्फोटक भरिएको सवारी साधन विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

विस्फोटको प्रभावले नजिकैको भवन भत्किएको थियो । घटनापछि सुरक्षाकर्मी र पाकिस्तान तालिबान (टीटीपी) बिच भएको भिडन्तमा कम्तीमा ८ विद्रोही मारिएको दाबी गरिएको छ ।

बाजाउरमै एक आत्मघाती हमलाकारीले विस्फोटकले भरिएको गाडी धार्मिक विद्यालयको पर्खालमा ठोक्दा आठ जना प्रहरी र फ्रन्टियर कोप्सका सुरक्षाकर्मी मारिएका र १० जना घाइते भएको खबर पनि आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖