• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राजाका भाइ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। बेलायतमा राजाका भाइ एन्ड्रयु माउन्टव्याटन विन्डसर पक्राउ परेका छन्। बेलायतको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। अमेरिकी टेलिभिजन संस्था सिएनएनका अनुसार सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशंकामा विन्डसरलाई पक्राउ गरिएको हो।

लन्डनको पश्चिमी क्षेत्र हेर्ने थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार विन्डसरले सन् २०१० मा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने भनेर दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टिनलाई व्यापारिक प्रतिवेदन पठाएको भन्ने उजुरीको मूल्याङ्कन गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।

एप्स्टिनका बारेमा अमेरिकामा जारी अनुसन्धानसँग सम्बन्धित लाखौँ पृष्ठका कागजात सार्वजनिक भएपछि यससम्बन्धी मूल्यांकन सुरु गरिएको छ। बेलायती कानुन अनुसार प्रहरीले विन्डसरको नाम सार्वजनिक गरेको छैन।

प्रहरीले सार्वजनिक गरेको वक्तव्यमा विस्तृत मूल्यांकनपछि सार्वजनिक पदमा रहँदा गरिएको भनिएको दुराचारको यस आरोपमाथि अहिले अनुसन्धान सुरु गरिएको र यस कथित अपराधको अनुसन्धान गर्न साझेदारसँग काम गरिरहँदा अनुसन्धानको अखण्डता र निष्पक्षतालाई जोगाउनु महत्वपूर्ण रहेको कुरा उल्लेख गरिएको छ। ६६ वर्षीय विन्डसरले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖