• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसमा प्रवेश गर्नेको लहर


  • धनकुटा खबर
  • .

दोलखा। दोलखामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर चलिरहेको छ। सो क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले परित्याग गरी थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेमा शनिबार आयोजित एक कार्यक्रमबीच एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए)र सन्ते थामी (बी) कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरे। सोही अवसरमा धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामी आफ्नो पुरानो घर नेपाली कांग्रेसमै फर्किएका छन्।

पार्टी प्रवेश गर्नेहरूमा नयाँ पुस्ता (जेनजी) का युवाहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ। देवबहादुर थामी र सञ्जय थामी लगायतका युवाहरू कांग्रेसको विचार र नेतृत्वबाट प्रभावित भई पार्टीमा भित्रिएका हुन्। पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ।

शिवाकोटी जस्तो स्वच्छ छवि भएका, भ्रष्टाचार विरोधी र प्रखर युवा उम्मेदवार चुनावी मैदानमा आएपछि एमाले र नेकपाका कार्यकर्ताहरूमा समेत उत्साह थपिएको स्थानीयको बुझाइ छ। नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्वको आवश्यकता महसुस गर्दै आफूहरूले वर्षौँदेखिको पार्टी साइनो तोडेर कांग्रेस रोजेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖