दाङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि स्वतन्त्र उम्मेदवार रहेका समीर ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनले सुशासन, पारदर्शिता र वास्तविक परिवर्तनको उद्देश्यसहित स्वतन्त्र उम्मेदवार बनेको भए पनि परिवर्तन पक्षधर शक्तिहरूबीच एकता आवश्यक रहेको भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
ओलीले एउटै क्षेत्रमा धेरै स्वतन्त्र तथा वैकल्पिक उम्मेदवार हुँदा मत विभाजन भई पुरानै राजनीतिक शक्तिहरूलाई फाइदा पुग्न सक्ने जोखिम रहेको उल्लेख गरेका छन्।
त्यसैले परिवर्तनका लागि एकीकृत शक्ति निर्माण गर्नुपर्ने भन्दै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्।
