• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे गएको उक्त भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ ।

सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको यो नै सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो ।

भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।

भूगर्भविद्हरूका अनुसार सामान्यतया यति धेरै गहिराइमा जाने भूकम्पले जमिनको सतहमा कम प्रभाव पार्ने गर्दछ । त्यसैले सुनामीको खतराको चेतावनी जारी गरिएको छैन । केन्द्रविन्दुको गहिराइले गर्दा सम्भावित ठूलो संकट टरेको विज्ञहरूको विश्लेषण छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖