• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई भर्जिनियामा गोली हानी मारियो


  • धनकुटा खबर
  • .

अमेरिकाको भर्जिनियाको म्यान्टुवाका एक नेपाली व्यक्तिले आफ्नै परिवारका तीन सदस्यमाथि खुँडा प्रहार गरेपछि उनलाई फेयरफ्याक्स काउन्टी प्रहरीले गोली हानी मारिदिएको छ। आक्रमणमा परेकी उनकी छोरी र श्रीमतीको ज्यान गएको जनाइएको छ।

फेयरफ्याक्स काउन्टी प्रहरी विभागका अनुसार बिहान करिब ५ बजेपछि पर्सिमन सर्कलको ३९०० ब्लकमा उक्त घटना भएको हो। आक्रमणबाट गम्भीर घाइते भएकी छोरीलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो भने श्रीमतीलाई अस्पताल लगिएपछि स्थानिय समय अनुसार बिहान ९ बज्नुअघि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख केभिन डेभिसका अनुसार घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले ती व्यक्तिलाई ज्वाइँमाथि खुडाप्रहार गरिरहेको अवस्थामा भेटेका थिए। उनलाई छुरा फ्याँक्न पटक–पटक चेतावनी दिइए पनि उनले अटेर गरेपछि एक प्रहरी अधिकृतले गोली चलाएका थिए।

गोली लागेपछि प्रहरीले उनको मुटुको धड्कन फर्काउन सीपीआर प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उक्त घटना नेपाली समुदायभित्र भएको भएपनि उनको पहिचान अझै सार्वजनिक गरिएको छैन। यो घटनाले सबैलाइ स्तब्ध बनाएको छ। सबैको पहिचान प्रहरीले सार्वजानिक गरेको छैन्। यद्यपी गोलीले मारिने ब्यक्ति नेपालीनै भएको पुष्टि भएसँगै उनकै परिवारका सदस्य मारिएकाले सबै नेपाली भएको आसंका गरिएको छ।

प्रहरीका अनुसार घटना सुरु हुँदा ज्वाइँ घरबाहिर थिए। घरभित्रबाट हल्ला सुनेपछि उनी भित्र पसेका थिए, जहाँ उनले आफ्नी श्रीमती र सासूमाथि ती व्यक्तिले छुरा प्रहार गरिरहेको देखेका थिए। यसैबीच, ज्वाइँ गम्भीर घाइते भएका छन् र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पचास वर्ष नाघेका व्यक्तिले आफ्नै परिवारमाथि गरेको यो नरसंहार कल्पनाभन्दा बाहिर रहेको प्रहरी प्रमुख डेभिसले बताएका छन्।

घरमा रहेका एक वर्षका बालक भने सकुशल भेटिएका छन्। घटनामा प्रयोग गरिएको भनिएको खुडा पनि प्रहरीले घटनास्थलबाट बरामद गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖