• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायलभर संकटकाल घोषणा, इरानमाथि आक्रमण


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायलले इरान विरुद्ध ‘पूर्व-सतर्कता’ आक्रमण सुरु गरेको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरेका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको मुख्य सहरी क्षेत्रमा तीनवटा ठुला विस्फोटका आवाज सुनिएका छन्। इरानको फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइलहरू प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ।

इरानको राज्य-सम्बद्ध फार्स समाचार एजेन्सीले तेहरानको उत्तर र पूर्वमा धेरै नयाँ विस्फोटहरू सुनिएको रिपोर्ट गरिरहेको छ।

एसोसिएटेड प्रेस समाचार एजेन्सीले इरानको राजधानीमा आक्रमण सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिक भएको रिपोर्ट गरेको छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलले ‘राज्यलाई खतराहरू हटाउन’ पूर्वनिर्धारित रूपमा आक्रमण गरेको हो। इजरायलको विमानस्थल कार्यालयले सबै नागरिक उडानका लागि हवाई क्षेत्र बन्द गरिएको घोषणा गरेको छ र सर्वसाधारणलाई विमानस्थलमा नआउन आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖