• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंबाट अबुधाबी पुगेको एयर अरेबियाको विमान ओमन फर्कियो


  • धनकुटा खबर
  • .

काठमाडौं- काठमाडौंबाट यूएईको राजधानी अबु धाबी उडेको विमान यूएईको आकाशमाथि पुगेर ओमन फर्किएको छ ।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल हान्न थालेसँगै खाडीका देशको उडान अस्तव्यस्त भएको छ ।

अबु धाबीका लागि काठमाडौंबाट उडान भरेको एयर अरेबियाको एडीवाई०४४/३एल४४ कलसाइन भएको एअरबस ए३२० विमान ओमन फर्केको हो ।

अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गरेसँगै मध्यपूर्वमा तनाव चुलिरहेको अवस्थामा इरानले पनि जवाफी हमला गरिरहेको छ । यससँगै खाडी मुलुकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖