• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कठोर प्रहार नगर्न इरानलाई ट्रम्पको चेतावनी


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा जवाफी कारबाही नगर्न चेतावनी दिएका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा नयाँ विवरण जारी गर्दै लेखेका छन्, ‘इरानले आज पहिले कहिल्यै नभएको खालको धेरै कडा हमला गर्ने बताएको छ ।’

उनले थप भनेका छन्, ‘तर उनीहरूले त्यस्तो गर्नु हुँदैन, किनभने यदि त्यस्तो गरे भने हामी उनीहरूलाई यस्तो शक्तिसहित हिर्काउने छौँ, जुन पहिले कहिल्यै देखिएको थिएन ।’

सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको निधन पछि यतिबेला इरान शोकग्रस्त छ । सर्वोच्च नेताको हत्याको प्रतिकार कडासँग गरिने चेतावनी इरानी राष्ट्रपतिले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖