• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की


  • धनकुटा खबर
  • .

तेहरान : अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामापरी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको मृत्युभएपछि इरान र इजरायल–अमेरिकाबीचको तनाव झनै उत्कर्षमा पुगेको छ। इरानी एलिट सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले इस्लामिक गणतन्त्र इरानको इतिहासमै सबैभन्दा भयानक र आक्रामक सैन्य कारबाही जुनसुकै बेला सुरु हुने चेतावनी दिएको छ।

शनिबार अमेरिका र इजरायलले गरेको संयुक्त हवाई हमलामा सर्वोच्च नेता खामेनेईको मृत्यु भएको पुष्टि भएपछि इरानले कडा प्रतिशोध लिने घोषणा गरेको हो। इरानले आफ्नो आधिकारिक बयान जारी गर्दैले भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सशस्त्र बलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो र आक्रामक अभियान केही समयमै ‘कब्जा गरिएको भूमिु (इजरायल) र अमेरिकी आतंकवादीहरूका आधार शिविरतर्फ सुरु हुनेछ।’ इरानले यसअघि नै आफ्ना सैन्य संयन्त्रहरूलाई ‘हाई अलर्ट’ मा राखिसकेको छ।

इरानी सरकारले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई ‘महान अपराध’को संज्ञा दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यो अपराधको बदला नलिई छोड्दैनाैं। जसले इस्लामिक विश्वको इतिहासमा एउटा नयाँ पाना पल्टाउनेछ।’ त्यसैगरी, इरानको राष्ट्रिय रक्षा र सुरक्षा रणनीति समन्वय गर्ने शक्तिशाली निकाय ‘सुप्रिम नेशनल सेक्युरिटी काउन्सिल’ ले अमेरिका र इजरायलको यो आक्रमणले विश्वका उत्पीडकहरूविरुद्ध लड्न एक विशाल जनविद्रोहको सुरुवात गर्ने बताएको छ। काउन्सिलले इरान र उसका सहयोगीहरू अब झन् बढी दृढ र प्रतिरोधी भएर अगाडि बढ्ने जनाएको छ ।

इजरायल र इरानबीच लामो समयदेखि जारी ‘छाया युद्ध’ अब पूर्णकालीन युद्धमा परिणत हुने खतरा बढेको छ। इरानको यो पछिल्लो चेतावनीले मध्यपूर्व मात्र नभई विश्वभर नै चिन्ता पैदा गरेको छ। अमेरिकी सैन्य बेसहरूलाई प्रत्यक्ष धम्की दिएपछि सो क्षेत्रमा रहेका अमेरिकी सेनाहरू पनि उच्च सतर्कतामा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖