• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ओमानमा तेल ट्यांकरमाथि आक्रमण


  • धनकुटा खबर
  • .

मस्कन । ओमानको मसन्दाम तटबाट करिब पाँच समुद्री माइल टाढा एउटा तेल ट्यांकरमाथि आक्रमण भएको ओमानको समुद्री सुरक्षा केन्द्रले आइतबार जनाएको छ । उक्त घटनामा ४ जना घाइते भएका छन् भने २० सदस्यीय चालक दललाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ ।

स्काइलाइट नामक जहाज पश्चिम प्रशान्त क्षेत्रको सानो टापु राष्ट्र पलाउको झन्डामुनि सञ्चालनमा रहेको थियो । समुद्री सुरक्षा केन्द्रका अनुसार उद्धार कार्य ओमानी नौसेना र सैनिक बलले सम्पन्न गरेका हुन् । यसले समुद्रमा हुने घटनासँग जुध्न राष्ट्रिय तयारीलाई प्रतिबिम्बित गरिएको बताइएको छ ।

इरान र अमेरिकाबिच नयाँ आणविक सम्झौता गर्ने उद्देश्यले हालै भएका वार्तामा ओमानले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖