• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायली सेनाद्वारा लेबनानभर हिजबुल्लाहका ठेगानामा हमला


  • धनकुटा खबर
  • .

काठमाडौँ । इजरायली सेनाले सोमबार लेबनानभर सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका ठेगानाहरूमा भीषण सैन्य आक्रमण सुरु गरेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लेबनानको राजधानी बेरुतको दक्षिणी सहरमा शक्तिशाली विष्फोटका आवाजहरू सुनिएका छन्। इजरायली सेनाले सोमबार बिहानैदेखि लेबनानका विभिन्न क्षेत्रमा रहेका हिजबुल्लाहका सैन्य संरचनाहरूलाई निशाना बनाउन थालेको पुष्टि गरेको छ। जुन क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ ।

बेरुत र दक्षिण लेबनानका विभिन्न भागमा धुवाँको मुस्लो देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि कठोर प्रहार गर्ने चेतावनी दिएको र खाडी राष्ट्रहरूले समेत इरानी आक्रमणको निन्दा गरेको पृष्ठभूमिमा इजरायलले हिजबुल्लाहमाथि यो आक्रमण सुरु गरेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖