• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन्। आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ।

आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको प्रारम्भिक जानकारी आएको छ। आइतबार साँझसम्म पनि तेहरानमा धुवाँ फैलिएको र दृश्यता निकै कम भएको स्थानीय अधिकारीहरूले बताएका छन्। शहरका विभिन्न स्थानमा थप विस्फोटको आवाज सुनिएको रिपोर्ट भए पनि ती विस्फोट कहाँ भएको हो भन्ने यकिन हुन सकेको छैन।

स्थानीय सरकारले आइतबार बिहान तेल डिपोमा लागेको आगोबाट निस्किएको प्रदूषित धुवाँ शहरभर फैलिएको चेतावनी दिएको छ। इरानी रेड क्रिसेन्ट सोसाइटीले पनि जलेका तेल भण्डारण केन्द्रबाट निस्किएका विषालु रसायन वर्षा भएमा खतरनाक ‘एसिड वर्षा’ हुन सक्ने चेतावनी दिएको छ।

यसैबीच, स्थानीय वातावरणीय निकायले नागरिकलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ । आक्रमणका कारण तेहरान प्रान्तमा इन्धन आपूर्ति पनि प्रभावित भएको छ।

प्रान्तीय प्रशासनका अनुसार सामान्य आपूर्ति पुनः सुरु हुन दुईदेखि तीन दिन लाग्न सक्छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिका र इजरायलको आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘युद्ध अपराध’ र ‘मानवताविरुद्धको अपराध’बताएका छन्। उनले तेल डिपोलाई निशाना बनाउनु ‘इरानी नागरिकमाथि गरिएको जानाजानी रासायनिक युद्ध’ सरह भएको आरोप लगाए।

‘इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेर आक्रमणकारीहरूले विषालु पदार्थ हावामा फैलाइरहेका छन्। जसले नागरिकलाई विषाक्त बनाउँदै वातावरणलाई नष्ट गरिरहेको छ,’ उनले भने। उनले यसबाट सिर्जना हुने मानवीय तथा वातावरणीय संकट इरानको सीमाभित्र मात्रै सीमित नहुने चेतावनी पनि दिएका छन्।

उता, इरानी सशस्त्र बलको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले पनि यदि इरानका तेल पूर्वाधारमाथि आक्रमण जारी रहेमा तेहरानले क्षेत्रीय स्तरमा समान प्रकारको प्रतिकार गर्न सक्ने चेतावनी दिएका छन्। उनले क्षेत्रीय देशहरूलाई अमेरिका र इजरायललाई सचेत गराउन आग्रह गरेका छन्।

इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार युद्ध सुरु भएयता अमेरिका र इजरायलको आक्रमणमा इरानमा १ हजार ३३२ जनाको मृत्यु भएको छ। साथै ९ हजार ६६९ नागरिक संरचना क्षतिग्रस्त भएका छन्। जसमा करिब ७ हजार ९४३ घर र १ हजार ६१७ व्यावसायिक भवन रहेका छन्।

यसैबीच, ८८ इस्लामिक रिभोल्युशनरी गार्ड कोर ८८ का प्रवक्ताले इरानसँग भारी मिसाइल, ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल, विभिन्न प्रकारका ड्रोन तथा आक्रमणकारी जहाज पर्याप्त मात्रामा रहेको बताएका छन्।

उनका अनुसार इरान कम्तीमा छ महिनासम्म उच्चस्तरीय युद्ध लड्न सक्षम रहेको छ। उनले आगामी दिनमा इरानले नयाँ आक्रमण रणनीति अपनाउने र अझ लामो दूरीका तथा आधुनिक मिसाइल प्रयोग गर्ने पनि संकेत दिएका छन्। सीसीटीभी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖