• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी स्थलहरूमा ड्रोन आक्रमण, निशानामा कूटनीतिक केन्द्र


  • धनकुटा खबर
  • .

काठमाडौँ । इराकको राजधानी बगदादमा रहेको अमेरिकी कूटनीतिक केन्द्रमा मंगलबार ड्रोन आक्रमण भएको छ । आक्रमणमा कुनै मानवीय क्षति नभए पनि घटनाले क्षेत्रीय तनाव थप चर्काएको छ ।

अमेरिकी सञ्चारमाध्यम वाशिङ्टनपोस्ट र रोयटर्सले उद्धृत गरेको आन्तरिक अमेरिकी सुरक्षा सूचनाअनुसार, ड्रोनले बगदादस्थित बगदाद कूटनीतिक सहयोग केन्द्रमा प्रहार गरेको थियो । यो केन्द्र बगदाद विमानस्थल नजिकै रहेको अमेरिकी कूटनीतिक कर्मचारीका लागि ठुलो लजिस्टिक केन्द्र हो। ड्रोनले केन्द्रको सुरक्षा गार्ड टावर नजिकै प्रहार गरेको बताइएको छ।

रिपोर्टका अनुसार सो आक्रमणमा कुल ६ वटा ड्रोन प्रक्षेपण गरिएको थियो । तीमध्ये पाँच वटा ड्रोनलाई सुरक्षा प्रणालीले खसालिदिएको थियो भने एउटा ड्रोन केन्द्र परिसर नजिकै पुगेको थियो । अमेरिकी स्रोतहरूले उक्त आक्रमण इरान समर्थित इराकी मिलिसिया समूहहरूले गरेको हुन सक्ने आशङ्का गरेका छन्।

ती समूहहरू इस्लामिक रेसिस्टेन्स इन इरान (आईआरआई) नामक गठबन्धनअन्तर्गत सक्रिय छन् । अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि यी समूहहरूले इराकमा अमेरिकी हितहरूलाई लक्षित गरी आक्रमण बढाएको बताइएको छ।

यसैबिच उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको एरबिल वरपर पनि कम्तीमा तीन वटा ड्रोन अवरोध गरिएको स्थानीय स्रोतहरूले जनाएका छन्। ती ड्रोन शहर बाहिरै खसालिएको र कुनै क्षति वा हताहती नभएको जानकारी दिइएको छ । एरबिल विमानस्थल नजिकै अमेरिकी सैन्य अड्डा रहेकाले यो क्षेत्र पनि इरान तथा इरान समर्थित समूहहरूको सम्भावित निशाना बन्ने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖