• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तेल अवीवमा इरानी मिसाइल आक्रमण, दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मंगलबार राति इरानले तेल अवीवसहित आसपासका क्षेत्रमा धेरै मिसाइल आक्रमण गरेको जनाएको छ । स्थानीय प्रहरीले एक इरानी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

इजरायलको एम्बुलेन्स सेवाका एक आपतकालीन कर्मचारीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै एउटा भवनबाट धुवा उडिरहेको देखिएको बताए ।

उनका अनुसार घटनास्थलमा ठूलो क्षति पुगेको छ र धेरै सिसा फुटेको अवस्थामा भेटिएको छ ।

उनले भने, ‘हामीले दुई जनालाई भेट्यौँ, जसको नाडी चलेको थिएन र उनीहरू सास पनि लिइरहेका थिएनन् । उनीहरूको शरीरमा गम्भीर चोट लागेको थियो ।’

पछि चिकित्सकहरूले तेल अभिवको पूर्वी क्षेत्रमा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । उनीहरू दुवैलाई मिसाइलका टुक्राबाट गम्भीर चोट लागेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖