• Tuesday 6th of October 2026

तिन दिनमा २० हजार भन्दा बढीले घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । स्थानीय बजारमा सुनको मूल्यमा मङ्गलवार पनि गिरावट आएको छ । साताको सुरुवातदेखि नै लगातार घटिरहेको सुनको भाउ आज थप १६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो ।

आइतबार एकै दिन तोलामा १२ हजार ५०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार थप ६ हजार ५०० रुपैयाँले घटेको थियो । यस हिसाबले पछिल्लो तीन दिनमा सुनको भाउ कुल २० हजार ६०० रुपैयाँले घटिसकेको छ ।

यसैबिच, चाँदीको मूल्य भने आज बढेको छ । तोलामा ८० रुपैयाँले बढेर चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासङ्घले जनाएअनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको गिरावट र स्थानीय मागमा आएको कमीका कारण नेपाली बजारमा पनि सुनको भाउ लगातार घटिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖