• Tuesday 24th of November 2026

आशिका तामाङले फेसबुकमा कमल सरगमलाई अन्फ्रेन्ड गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले फेसबुकको साथी सूचीबाट हटाएपछि सञ्चारकर्मी कमल सरगम चौलागाईंले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका छन्। आशिका धादिङ–१ बाट निर्वाचित सांसद हुन् ।

लालीगुराँस डटकमका सञ्चालक तथा अध्यक्षसमेत रहेका चौलागाईंले आफू कुनै समय तामाङको सच्चा प्रशंसक र सामाजिक अभियानमा आर्थिक सहयोग गर्ने शुभचिन्तक रहेको उल्लेख गर्दै एउटा सामान्य प्रश्नकै कारण फेसबुक साथी सूचीबाट हटाइनुपरेकोमा दुःख व्यक्त गरेका हुन्।

उनले आफूले तामाङका सामाजिक कामको प्रशंसा मात्र नगरेको, दुःखी तथा पीडित नागरिकको सहयोगका लागि आफ्नो व्यक्तिगत कमाइबाट समेत आर्थिक सहयोग गरेको बताएका छन्।

चौलागाईंले धादिङका एक नागरिक समस्यामा परेर अलपत्र परेको अवस्थामा सहयोगको अपेक्षासहित तामाङलाई पटक–पटक फोन र सन्देश पठाउँदा पनि जवाफ नपाएको प्रसङ्गसमेत सार्वजनिक गरेका छन्।

उनले जनप्रतिनिधिले जनताको फोन उठाउने, उनीहरूको समस्या सुन्ने र सम्भव भएसम्म सम्बोधन गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।

‘प्रश्न गर्ने सबै विरोधी हुँदैनन्, कतिपय त तपाईंले राम्रो गरून् भन्ने चाहना राख्ने शुभचिन्तक पनि हुन्छन्,’ उनले लेखेका छन्।

उनले गरेको उक्त पोष्टमा सांसद आशिका तामाङले कमेन्टसमेत गरेकी छन् । ‘हिजो न निदाको बेला छोरी ले मोबाइल खोसेर खेल्दै थि, झुक्केर तपाई unfriend भाको हो , भाइ चित्त नदुखाउनु न ल ! request पठाको छु add गर त !,’ उनले कमेन्टमा लेखेकी छन् ।

आशिकाले साेमबार रास्वपाकै सांसद केपी खनालले ह्वाट्सएप भन्दा बाहेक फाेन नउठाएकाे भन्दै प्रश्न उठाएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖