• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

७.६ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडाैँ । दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ ।

७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठुलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे) का अनुसार भूकम्प मङ्गलबार साँझ स्थानीय समयअनुसार करिब २३७ किलोमिटर गहिराइमा गएको हो ।

सामान्यतया सतही भूकम्प बढी महसुस हुने भए पनि यस भूकम्पको गहिराइ बढी भएकाले सतहमा प्रभाव केही सीमित भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖