• Tuesday 6th of October 2026

युगाण्डाबाट आएर नेपालमा यौनधन्दा


  • धनकुटा खबर
  • .

काठमाडौं। ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो। पक्राउ परेका सबै महिला युगाण्डाका हुन्।

प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ। उनीहरुले विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख हैरानी दिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖