• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरानले गर्‍यो साउदीको हवाई अड्डामा आक्रमण, १० जना अमेरिकी सैनिक गम्भीर घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ।

बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा १० जना अमेरिकी सैनिक घाइते भएको जनाएको छ।

स्रोतका अनुसार इरानबाट मिसाइल र ड्रोन प्रहार गरिएको हो। जसमा परी दुई अमेरिकी सैनिक ‘धेरै गम्भीर’ र आठ जना ‘गम्भीर’ घाइते भएका छन्। सैन्य भाषामा यी दुई शब्दका अर्थ फरक-फरक छन्।

यस्तै बितेका २४ घण्टामा कुवेतमा छ वटा ड्रोन खसालिएको त्यहाँको राष्ट्रिय गार्डले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

कुवेतको बन्दरगाह प्राधिकरणका अनुसार ‘कुवेतको मुख्य व्यावसायिक बन्दरगाह सुवैकमा आज बिहान आक्रमण गरिएको हो। जसबाट भौतिक क्षति भए पनि मानव क्षति भएको छैन।’

यसैबिच इजरायलको एम्बुलेन्स सेवा‍ म्यागेन डेभिड एडोम (एमडीए) ले तेल अभिभमा मिसाइल आक्रमणमा परी ५२ वर्षीय व्यक्तिको मृत्यु भएको जनाएको छ।

एमडीएका प्रवक्ताले सहरका अन्य स्थानमा दुई जना घाइते भएको बताएका छन्।

टाइम्स अफ इजरायलका अनुसार क्षेप्यास्त्रमा क्लस्टर बम वारहेड थियो, जसका ससाना बम ठुलो क्षेत्रमा फैलिएको थियो।

इजरायल रक्षा बलले शुक्रबार राति इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रलाई रोकेको र मानिसहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖