• Tuesday 6th of October 2026

आधा जलेको अवस्थामा भेटियो युवतीको शव


  • धनकुटा खबर
  • .

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।

घटनास्थलको अवस्थाका आधारमा महिलालाई जिउँदै आगो लगाइएको स्थानीयबासीले आशंका गरेका छन् । नेपालगन्ज –१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब २५–३० वर्षीया युवती आगोले जलेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए ।

जलेको अवस्थामा फेला परेकी युवतीलाई उद्धार गरेर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि उनको मृत्युको कारण नखुलेको र मृतकको सनाखत पनि हुन सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖