• Tuesday 6th of October 2026

डेढ करोडभन्दा बढी ठगी गर्ने पहाडी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगी मुद्दाका फरार प्रतिवादी पुरुषोत्तम पहाडीलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले उनलाई ललितपुर महानगरपालिका वडा नं. ३ पाटनढोकाबाट चैत १५ गते नियन्त्रणमा लिएको हो।

उनीविरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौडाको पत्र र सुनिता कुमारी श्रेष्ठ लगायतको जाहेरीका आधारमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। पहाडीमाथि हालसम्म २० जनाले किटानी जाहेरी दिएका छन्।

प्रहरीका अनुसार उनले कुल १ करोड ६२ लाख ६५ हजार ९ सय २० रुपैयाँ बिगो बराबरको ठगी गरेको देखिएको छ। पक्राउ परेका पहाडीलाई ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

उनीमाथि लागेको ठगी मुद्दाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖