• Tuesday 6th of October 2026

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा मधेश विश्वविद्यालयका कर्मचारी पक्राउ


  • धनकुटा खबर
  • .

वीरगञ्ज । वीरगञ्जस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि दुर्व्यवहार (अनैतिक दबाब सिर्जना गरेको) आरोपमा पक्राउ परेका छन् । प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए । उजुरीमा उल्लेख भएअनुसार उनले प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिने र अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ तथा अनुत्तीर्ण गराइदिने धम्की दिने गरेका थिए ।

पीडित छात्राले सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेको आरोप लगाएकी छन् । प्रस्ताव अस्वीकार गरेपछि उनले शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख छ । यसै आधारमा छात्राले चैत १४ गते उजुरी दर्ता गराएकी थिइन् ।

उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले आरोपितमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖