• Tuesday 6th of October 2026

महिलाको अश्लील भिडियो आफन्तलाई पठाउने पक्राउ


  • धनकुटा खबर
  • .

स्याङ्जा । स्याङ्जामा एक महिलाको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत आफन्तहरूलाई पठाएको र धाकधम्की दिएको आरोपमा ३२ वर्षीय सुजन खाँण ठकुरी पक्राउ परेका छन्।

पुतलीबजार नगरपालिका वडा नम्बर ८ का बासिन्दा खाँणले नक्कली फेसबुक खाता प्रयोग गरी पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले अश्लील भिडियो इन्टरनेटमा फैलाएको प्रहरीको दाबी छ। ती महिलाका आफन्तहरूलाई भिडियो सेयर गर्नुका साथै उनले गालीगलौज र धम्की समेत दिने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २०८२ चैत १७ गते प्राप्त उजुरीका आधारमा खोजी कार्य तीव्र पारेको थियो। प्रहरी टोलीले चैत १९ गते पुतलीबजार नगरपालिका वडा नम्बर १ स्थित सहिदचोकबाट खाँणलाई नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका उनीमाथि विद्युतीय अपराध ९साइबर क्राइम० कसुर अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी खाँणमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖