काठमाडौ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–५ लफ्याङका ३२ वर्षीय वसन्त राई र उनकी पत्नी ३० वर्षीया सजिना राईको जीवनमा नसोचको मोड आयो । वैदेशिक रोजगारीकै क्रममा मलेसियामा भेटिएका उनीहरूले तीन वर्षअघि विवाह गरेका थिए। १३ महिनाको छोरा जोनसहित सुखी परिवार बनाउने सपना देखिरहेका थिए।
गत असारमा रोजगारीका लागि कुवेत गएका वसन्तले परिवारको भविष्यका लागि संघर्ष गरिरहेका थिए। उनी दिनमा धेरैपटक भिडियो कल गरेर श्रीमती र छोरासँग कुरा गर्थे। तर फागुन १५ गते बिहान अचानक हृ दयघातका कारण उनको मृ त्यु भयो। अघिल्लो रातसम्म सामान्य कुराकानी गरेका वसन्तको यस्तो खबरले सजिना स्तब्ध भइन्।
यु द्धका कारण उनको श व ३४ दिनपछि मात्र नेपाल आइपुग्यो। त्यसपछि किराती संस्कारअनुसार अ न्त्येष्टि गरियो।
पति गुमाएको पीडासँगै सजिनामाथि ऋणको भारी पनि थपिएको छ। कुवेत जानका लागि लिएको ऋण अझै बाँकी छ। अब सानो छोराको जिम्मेवारी र भविष्यको चिन्ताले उनको जीवन झन् कठिन बनेको छ।
