भक्तपुर– सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध पक्राउ पूर्जी भएको जानकारी प्राप्त भएको छ ।
भक्तपुरको नेपाल प्रहरी–महिला सेलबाट तिमल्सिनाविरुद्ध सोमवार दिउँसो पक्राउ पूर्जी जारी भएको हो ।
तिमल्सिनाविरुद्ध उनकी पूर्व पत्नी मिस नेपाल २००० उषा खड्गीले भक्तपुर महिला सेलमा अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयाससहितका आरोपसहित जाहेरी दिएकी थिइन् ।
त्यही जाहेरीका आधारमा महिला सेलले पक्राउ पूर्जी जारी गरेको बताइन्छ ।
