• Tuesday 6th of October 2026

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका विभिन्न स्थानमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। कैलाली, कपिलवस्तु र ओखलढुङ्गामा युवती तथा बालिकामाथि करणी गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कैलालीमा २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। जागाले ती युवतीलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यसैगरी, कपिलवस्तुको शिवराज नगरपालिका-५ ग्यालेक्सी टोल बस्ने २५ वर्षीय चन्दन तिवारीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ। बालिकामाथि करणी भएको उजुरी परेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले तिवारीलाई मंगलबार साँझ पक्राउ गरेको हो।

ओखलढुङ्गामा पनि २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका-६ घर भएका ४९ वर्षीय चुनचुन साह कानु रहेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट केतुकेबाट खटिएको प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनैजनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖