• Tuesday 6th of October 2026

डिभाइडर नाघेर गाडीले ठक्कर दिँदा


  • धनकुटा खबर
  • .

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖