काठमाडौ । हेर्ने कथाबाट चर्चामा आएका प्रकाश मोक्तानले जीवनको उत्तरार्धमा नयाँ सुरुवात गर्दै विवाह गरेका छन् ।
उनले अनिता थापासँग वैवाहिक बन्धनमा बाँधिँदै आफ्ना समर्थकलाई खुशीको खबर दिएका हुन्।
अहिले प्रकाश र अनिता सुखद दाम्पत्य जीवन बिताइरहेका छन्, साथै उनीहरूले टिकटकमार्फत आफ्ना रमाइला र रोमान्टिक पलहरू पनि साझा गरिरहेका छन्।
उनको विवाहको खबर सार्वजनिक भएसँगै देश–विदेशबाट बधाई र शुभकामनाको वर्षा भइरहेको छ।
