काठमाडौं, ६ बैशाख । आइपीएलमा आज दुई खेल खेलिदै छ।
आजको दोस्रो खेल पञ्जाब किंग्स र लखनऊ सुपर जायन्ट्सबीच नयाँ चण्डीगढमा साँझ ७ः३० बजे सुरु हुनेछ भने त्यसको टस साँझ ७ः०० बजे हुनेछ।
यो दुई टोली बीचको सिजनको छैटौं खेल हुनेछ। पञ्जाबले पाँच खेलमध्ये चार जितेको छ भने कोलकाता नाइट राइडर्सविरुद्धको एक खेल वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ लखनऊले पाँच खेलमध्ये दुई जितेको छ भने तीन हारेको छ।
आजको पहिलो खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच हुनेछ। खेल कोलकाताको घरेलु मैदान, इडेन गार्डेनमा दिउँसो ३ः३० बजे सुरु हुनेछ।
पञ्जाब र लखनउ बीच अहिलेसम्म ६ खेलहरू खेलिएका छन्, जसमा पञ्जाब किंग्स र लखनऊ सुपर जायन्ट्सले एकअर्कासँग प्रतिस्पर्धा गर्दै तीन–तीन खेल जितेका छन्।
गत सिजनमा दुई टोलीले दुई खेल खेलेका थिए, जसमध्ये दुवै पञ्जाबले जितेको थियो। यो पहिलो पटक हुनेछ, जब दुई टोली यस मैदानमा एकअर्कासँग आमने सामने हुनेछन्।
