काठमाडौं, ६ बैशाख । काठमाडौंमा जुवातास खेलिरहेका समुह पक्राउ परेका छन ।
काठमाडौं महानगरपालिका(३१ संगमचोकस्थित सिन्धुली घर भएका ४२ वर्षीय कृष्ण बहादुर थापाले संचालन गरेको थापा रेष्टुरेन्ट एण्ड खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सो समुह पक्राउ परेको हो ।
रेष्टुरेन्ट सञ्चालक कृष्णबहादुर समेत ७ जनालाई प्रहरीले हालै पक्राउ गरेको हो ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६ हजार ८ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
