काठमाडाैं, ७ बैशाख । तमिलनाडुको विरुधुनगर जिल्लामा रहेको एक पटाका कारखानामा विस्फोट भएको छ।
अग्नि नियन्त्रण तथा उद्धार विभागका अनुसार दुर्घटनामा हालसम्म १८ जनाको मृत्यु भएको जनाएकाे छ ।
दुर्घटना हुँदा कारखानामा तीस जना कामदार काम गरिरहेका थिए। गम्भीर घाइते भएका छ जनालाई अस्पताल लगिएको छ ।
अग्नि नियन्त्रक, प्रहरी र उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्, भग्नावशेष हटाउने र फसेका मानिसहरूलाई उद्धार गर्ने काम ढिलाेसम्म भएकाे थियाे । विस्फोटको कारण हाल स्पष्ट छैन।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ट्विटरमा लेखेका छन्, ‘यस दुर्घटनामा धेरैको ज्यान गएको खबरले गहिरो दुःख लागेको छ। मृतकका परिवारप्रति म गहिरो समवेदना व्यक्त गर्दछु।’0
मुख्यमन्त्रीले आफ्ना मन्त्रीहरूलाई तुरुन्तै घटनास्थलमा जान निर्देशन दिएका थिए भने र आवश्यक सबै सहयोग उपलब्ध गराउन जिल्ला कलेक्टरसँग कुरा गरेका छन ।
