• Tuesday 6th of October 2026

महिलाको चरित्र हत्या गरेको आरोपमा महेश गिरी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । महिलाको चरित्र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुर घर भएका महेश गिरीलाई पक्राउ गरेको छ ।

गिरीलाई मंगलबार काठमाडौँको गौशालाबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले बताए ।

सामाजिक सञ्जाल (फेसबुक) मार्फत उनले एक जना पीडित महिलाको चरित्र हत्या गरेको प्रहरी अधिकृतहरू बताउँछन् । बलात्कार पीडित शोभा पाठकले आफ्नो चरित्र हत्या गरेको कसुरमा महेश गिरीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो फोटोहरू हालेर चरित्र हत्या गर्दै हिँड्ने र धाकधम्की दिने महेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।’ आफू विरुद्ध हैरानी दिने अन्य व्यक्तिहरू विरुद्ध पनि उजुरी गर्ने उनले बताएकी छन् । पक्राउ परेका आरोपीमाथि बुधबार म्याद लिएर विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरिने एसपी दिलीप गिरीले बताए । उनले भने, ‘आज म्याद लिएर अनुसन्धान अघि बढाउँछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖