• Tuesday 6th of October 2026

कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँमा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट स्रोत नखुलेको नगद ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖