• Tuesday 6th of October 2026

राजधानीको साँखुमा चल्यो गोली


  • धनकुटा खबर
  • .

काठमाडौँ । राजधानीको साँखुमा गोली चलाएको छ । लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो ।

लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको हो ।

सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि भएपनि थप विवरण खुलाइएको छैन ।

ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖