• Tuesday 6th of October 2026

सुकुमबासी बस्तीमा डोजर चल्दा देखिएन अवरोध


  • धनकुटा खबर
  • .

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती भत्काउन डोजर प्रयोग हुँदा कुनै अवरोध देखिएको छैन ।

बाक्लो संख्या प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन नदेखिएको हो ।

शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए ।

सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।

सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖