• Tuesday 6th of October 2026

सुनको भाउमा निरन्तर वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौ । आज पनि सुनचाँदीकै मूल्य बढेको छ।हिजो तोलामा २७ सय बढेको सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेर ३ लाख ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा २७ सय बढेर सुनको भाउ तोलाको २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको थियो।यसअघि गएको बुधबार, बिहीबार र शुक्रबार भने सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय, बिहीबार १८ सय र बुधबार आठसय रुपैयाँ घटेको थियो।

त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँ बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ९९५ रुपैयाँ थियो। हिजो पनि चाँदी तोलामा ५० रुपैयाँ बढेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖