• Tuesday 6th of October 2026

शोभा पाठकमाथि कुटपिट गरिएको घटनामा १० जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । माइतीघर मण्डला मा शोभा पाठकमाथि कुटपिट गरिएको घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई ले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

सोमबार भएको घटनामा नेकपा एमाले नेता महेश बस्नेत का पत्नीसहितको समूहले पाठकमाथि आक्रमण गरेको आरोप लागेको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई व्यापक रूपमा भाइरल बनेपछि प्रहरीले तत्काल कारबाही गरेको हो। सार्वजनिक भिडियोमा केही महिलाहरूले शोभा पाठकलाई कपाल लुछालुछ गर्दै कुटपिट गरेको दृश्य देखिन्छ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ र स्वास्थ्य अवस्था सामान्य भएपछि विस्तृत बयान लिएर थप अनुसन्धान अघि बढाइनेछ। “उनीहरू सबैलाई अस्पताल लगिएको छ, त्यसपछि घटनाबारे थप बुझेर आवश्यक कारबाही गरिनेछ,” एसपी भट्टराईले बताएका छन्।

शोभा पाठकले यसअघि महेश बस्नेतमाथि बलात्कार तथा भ्रूण हत्याको आरोप लगाउँदै आएकी थिइन्। सोही विषयलाई लिएर पछिल्लो समय माइतीघर क्षेत्रमा विरोध प्रदर्शन भइरहेका बेला यो घटना भएको हो।

घटनाले माइतीघर क्षेत्रको आन्दोलनलाई थप तनावपूर्ण बनाएको छ भने सामाजिक सञ्जालमा पनि यसबारे व्यापक प्रतिक्रिया देखिएको छ। प्रहरीले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖