• Tuesday 6th of October 2026

जिउँदो व्यक्तिलाई ‘मृत’ बनाउने सनसनी: वडा अध्यक्षसहित ४ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । पश्चिम नवलपरासीमा सनसनीपूर्ण घटना सार्वजनिक भएको छ, जहाँ जीवित व्यक्तिको नाममा नै मृत्यु दर्ता प्रमाणपत्र बनाइएको गम्भीर आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन्।

सुस्ता गाउँपालिका–५ का वडा अध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जय कुमार चौधरी, स्थानीय तारिक मिया अन्सारी र छोटे खाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार, उनीहरूले झुटो विवरण पेश गरी जिउँदो व्यक्तिको नाममा अवैध रूपमा मृत्यु दर्ता प्रमाणपत्र बनाएको आरोप छ। यो घटनाले प्रशासनिक प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रहरीका सूचना अधिकारी विरदत्त पन्तका अनुसार, पक्राउ परेकामाथि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६ अन्तर्गत झुटो विवरण पेस गरी सरकारी कागजात दुरुपयोग गरेको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

हाल सबै आरोपितलाई ईलाका प्रहरी कार्यालय बेलाटारीको थुनुवा कक्षमा राखिएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यो घटनाले स्थानीय तहमा हुने कागजात दुरुपयोग र भ्रष्टाचारबारे फेरि ठूलो बहस सुरु गरिदिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖