• Tuesday 6th of October 2026

रोल्पा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका–१ मा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ ।

बिहीबार रुकुमपुर्वबाट थवाङ गाउँपालिका स्थित जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए ।

मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । तीमध्ये चारजनाको पहिचान खुलेको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले बताए ।

अहिलेसम्म घोराही नगरपालिका–१२ गुर्जे घर भएकी धनमाया विष्ट, घोराही–१५ रतपनुरका तिला जिसी, ठेगाना नखुलेका युवा बुढाथोकी र एसिला घर्तीको पहिचान खुलेको छ । आफन्तको सहयोगमा पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी खत्रीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖