• Tuesday 6th of October 2026

भत्केको घर हेर्न सक्दिनँ भन्दै निस्किएका ईन्द्रबहादुर राई दिउँसो बल्खु खोलामा मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौ । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।

शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।

मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् ।

‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यो अवस्थामा भेटिनुभयो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖