• Tuesday 6th of October 2026

काठमाण्डौं जादै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढीः सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस बर्दियामा दुर्घटना भएको छ।

बझाङबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३३८६ नम्बरको बस आज बिहान करिब ३ बजेतिर बारबर्दिया नगरपालिका–९ वनगाई क्षेत्रमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जना सामान्य घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जना अझै अस्पतालमै उपचाररत छन्।

प्रहरीका अनुसार दुर्घटनापछि बस चालक सम्पर्कविहीन रहेका छन्। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖