• Sunday 4th of October 2026

‘मकै बारी दराम दराम’की गायिका ठकुरीले पास गरिन् एसइई


  • धनकुटा खबर
  • .

काठमाडौँ । ‘मकै बारी दराम दराम’ गीतबाट चर्चामा आएकी लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सफलता हासिल गरेकी छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीए (ए ग्रेड) प्राप्त गर्दै एसईई उत्तीर्ण गरेकी हुन्। उनले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै यो सफलता आफ्नो कल्पनाभन्दा बाहिरको भएको बताएकी छन्।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी र कपनस्थित दीक्षालय स्कुलबाट परीक्षा दिएकी सुष्माले १४ वर्षको अन्तरालपछि पुनः पढाइ सुरु गरेर सफलता हासिल गरेकी हुन्।

२०७९ सालमै एसईई दिने उमेर भए पनि सानै उमेरमा विवाह गरेपछि पढाइ रोकिएको उनले बताएकी छन्। अहिले भने उनले पुनः अध्ययनलाई निरन्तरता दिँदै सफलता हासिल गरेकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖