काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएका हुन्।
प्रधानमन्त्रीको अनुपस्थितिमै संसद् सञ्चालन गर्न सकिने व्यवस्था रहेको भन्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको व्यवस्था सम्झाइरहेका बेला नेकपा एमालेका सांसद गुरु बरालले भने सभामुखले उल्लेख गरेको बुँदा रहेको भन्दै खाली पेज देखाएका थिए।
सांसद बरालले मुस्कुराउँदै खाली पेज देखाएपछि संसद् भवनमा केहीबेर हाँसो फैलिएको थियो। उक्त दृश्यपछि सभामुखसमेत हाँसो रोक्न सकेनन्।
